वैशाख महिनासम्ममा देशको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले घटा, एक महिनामा घाटा २० अर्बले बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा देशको शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले घटामा रहेको छ । उच्च आयातका कारण देशको बाह्य स्थितिमा दवाव परेपछि अवलम्बन गरिएको आयात नियन्त्रणको नीतिले पनि शोधनान्तर घाटामा प्रभावकारी सुधार देखिएको छैन ।

चालु आवको वैशाख महिनामा मात्र शोधनान्तर घाटा २० अर्बले बढेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

चालु आर्थिक वर्षको माघ महिना देखि शोधनान्तर स्थिति घट्ने क्रममा कमी आएको हो । माघ महिनामा करिब ६ अर्बले थपिएको शोधनान्तर स्थिति फागुन महिनामा ११ अर्बले थपिएको थियो । 

चैतमा त्यो क्रममा केही घटेर १० अर्ब रुपैयाँले मात्र शोधनान्तर स्थिति घाटा थपिएको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा ४५ अर्ब घाटा थपिएकोमा पुसमा ४६ अर्बले शोधनान्तर घाटा थपिएको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ५१ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया