चैतको तुलनामा बैशाखमा घट्यो बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क, नवीकरण बीमा शुल्क कति ?

३ बर्ष अगाडि

काठमाडौं - चैत महिनाको तुलनामा बैशाख महिनामा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन घटेको छ । 

बिमा समितिको तथ्याङ्कलाई हेर्दा जीवन बीमा कम्पनीहरूको प्रथम बीमा शुल्क आर्जन गत चैत महिनाको तुलनामा बैशाख महिनामा घटेको हो । 

बैशाख महिनामा कम्पनीहरूले २ अर्ब २५ करोड ३८ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यिनै कम्पनीहरूले गत चैत महिनामा २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

पछिल्लो समय जीवन बीमा व्यवसाय नवीकरण बीमा शुल्कमा नै केन्द्रित हुनुपरेको अवस्था देखिएको छ । बैशाख महिनामा कम्पनीहरूले प्रथम बीमा शुल्क भन्दा नवीकरण बीमा शुल्क बढी संकलन गरेका छन् । 

बैशाख महिनामा अधिकांश जीवन बीमा कम्पनीहरू नवीकरण बीमा शुल्क आर्जनमा केन्द्रित भएको देखिएका छन् । बैशाख महिनामा जीवन बीमा कम्पनीहरूले ५ अर्ब ६० करोड रुपैयाँ नवीकरण बीमा शुल्क उठाएका छन् ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया