क्रश होल्डिङ्ग भएका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक, कुनमा कसको लगानी कति ?

३ बर्ष अगाडि

काठमाडौं- बीमा समितिले क्रश होल्डिङ्ग भएका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । 

समितिले क्रश होल्डिङ्ग भएका बीमा कम्पनीहरुबीच मर्ज गराउने उद्देश्य सहित क्रश होल्डिङ्ग सम्बन्धी अध्ययन गर्न कमिटी गठन गरेको थियो । सोहि कमिटिले बुझाएको क्रश होल्डिङ्ग भएका कम्पनीहरुको विवरण समितिले सार्वजनिक गरेको हो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई चुक्ता पूँजी बढाउन निर्देशन दिइसकेको छ । समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले पाँच अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी पुर्याउनु पर्नेछ ।

उक्त पूँजी पुर्याउन समितिले मर्जरलाई जोड दिइरहेको छ । समितिको निर्देशन अनुसार क्रस होल्डिङ्ग भएमा बीमा कम्पनीहरु मर्जरमा जान बाध्य हुनेछन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको जिम्मेवारी सम्हालेको केही समयपछि नै बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ अनुसार क्रस होल्डिङ्ग भएका कम्पनीहरुको बारेमा अध्ययन गराएका थिए ।

निर्देशिका अनुसार कुनै लगानीकर्ताले एउटै प्रकृतिका भिन्दा भिन्दै बीमा कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ । संस्थापकहरुले तत्काल चुक्ता गर्न कबुल गरेको पूँजीको १५ प्रतिशत वा सोभन्दा बढी शेयर एउटै व्यक्ति, परिवार, संस्था वा समूहले एउटा कम्पनीमा लगानी गर्न नपाउने निर्देशिकामा उल्लेख छ ।

एउटा कम्पनीमा १५ प्रतिशत भन्दा धेरै लगानी गरेका व्यक्ति, परिवार, संस्था वा समूहले अरु कम्पनीमा १ प्रतिशत भन्दा धेरै लगानी गर्न नपाउने व्यवस्था छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया