सिद्धार्थ बैंकले ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न सेबोनबाट पायो अनुमति, कति रहेको छ ब्याज ?

४ बर्ष अगाडि

काठमाडौं- सिद्धार्थ बैंकले ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ

एक हजार अंकित दरको रु. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २७ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा आगामी १० वर्ष २०८९ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले कुल ४० लाख कित्ता मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया