सिवाइसि नेपाल लघुवित्तको  आइपीओ सोमबारदेखि कारोबारमा आउने, कति पाउला ओपनिङ रेञ्ज ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसि नेपाल लघुवित्तको साधारण शेयर (आइपीओ) सूचकिृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फmत शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारी समेत) वितरण गरिएको ३ लाख ९५ हजार ३३६ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर समेत जम्मा गरी १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत गराएको हो ।

लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ ।

नेप्सेले जुन कुनै कम्पनीको पहिलो शेयर कारोबारको लागि वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य निर्धारण गर्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

लघुवित्तको वास्तविक प्रतिशेयर नेटवर्थ ३४४ रुपैइाँ ३६ पैसा रहेको छ । कम्पनीको आइपीओ सोमबार ‘सिवाइसिएल’ सिम्बोलबाट कारोबारमा आउनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया