काठमाडौं- एलआइसी नेपालको लालबन्दी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत २ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीले बागमती नगरपालिका ८,सर्लाही निवासी मृतक कपिल कामीको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो।
मृतकले ५४ वर्ष हुँदा बीमा गरेका थिए। पहिलो अर्धवार्षिक किस्ता वापत ९ हजार ८२५ रुपैयाँ मात्र भुक्तान गरेर बीमा गरेको २ महिना पछि उनको हृदयघात भई मृत्यु भएको थियो ।
प्रतिक्रिया