गरिमा विकास बैंकका ग्राहकहरुलाई ‘सोल्टी होटेल’ मा १० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं- ५ तारे होटेल ‘सोल्टी होटेल’ र गरिमा विकास बैंकबीच होटेलले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौमा अवस्थित द सोल्टी काठमाण्डौ र नेपालगन्जस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एन्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउन सक्नेछन्। 

हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया