फेरी ओरालो लाग्दै शेयर बजार, कारोबार रकम करोडमै सिमित

४ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ । ८ दिनपछि ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबार र शुक्रबार नै घटेको छ ।

आज नेप्से परिसुचक १४.६४ अंकले घटेर २०४८.१६ को बिन्दुमा पुगेको छ । 

आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिदबिक्री हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैंयाको कारोबार भएको छ ।

शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ०.३० प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोराे अंकले घटेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्राीन भेन्चर्सर लिमिटेड, उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो । यस्तै सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य भने सर्वाधिक ५ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबार रकमको आधारमा कुमारी बैंक शिर्ष स्थानमा रहेको छ । कुमारी बैंकको सबैभन्दा धेरै ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि ४ करोड २४ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

मेगा बैंक, शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको पनि ३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया