साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ । ८ दिनपछि ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबार र शुक्रबार नै घटेको छ ।
आज नेप्से परिसुचक १४.६४ अंकले घटेर २०४८.१६ को बिन्दुमा पुगेको छ ।
आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर खरिदबिक्री हुदाँ ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैंयाको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुदाँ कुमारी बैंकको ५ करोड ५ लाख रुपैंया बढीको कारोबार भएको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड २४ लाख, मेगा बैंकको ३ करोड १८ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ३ करोड १२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ३ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया