इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडादर पुनः वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - इन्धनको मूल्य बढेसँगै सरकारले सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।

यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको बताएको हो ।

विभागको सूचना अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया