साताको अन्तिम कारोबार दिन (शुक्रवार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) करिब ५ अंकले बढेको छ ।
प्रि ओपन सेसनमा नेप्से ४.९५ अंक बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २०६७.७६ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १३ कम्पनीको रु. ९७ हजार ५९१ बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ११ स्टकको शेयरमूल्य बढेको छ भने २ स्टकको शेयरमूल्य घटेको हो ।
विहीवार नेप्से परिसूचक १७.६४ अंक घटेर २०६२.८० विन्दुमा झरेको थियो भने कूल रू। १ अर्ब ४७ करोड बराबरको शेयर खरीद विक्री भएको हो ।
प्रतिक्रिया