अर्थ मन्त्रालयले बनाएको सुझाव समितिमा लगानीकर्ता र ब्रोकरको प्रतिनिधि पनि समावेश गर्नुपर्छ : योगेश भट्टराई

३ बर्ष अगाडि

काठमाडौं - पूर्व पर्यटनमन्त्री योगेश भट्टराइले अर्थ मन्त्रालयले बनाएको सुझाव समितिमा लगानीकर्ता र ब्रोकरको प्रतिनिधि नसमेटिदा त्यो कमिटिले काम गर्न नसक्ने बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै उक्त कमिटिमा लगानीकर्ता र ब्रोकर कम्पनीको प्रतिनिधिलाई समावेश गर्नुपर्ने बताएका छन् ।

'अर्थमन्त्रालयले एउटा कमिटि बनाएको छ तर त्यसमा ब्रोकर र लगानीकर्ताको प्रतिनिधित्व छैन । त्यसले काम गर्न सक्दैन उनीहरुलाई समावेश गर्नुपर्छ,' प्रतिनिधि सभाको बैठकमा उनले भने ।

अहिले ५ लाखभन्दा बढीले रोजगारी पाइरहेको र सरकारले वार्षिक १८ अर्बको राजस्व उठाउने पूँजी बजार केहि महिनादेखि भने समस्यामा परेको भट्टराइले बताएका छन् ।

'पूँजी बजारले देशको आर्थिक गतिविधिको प्रतिविम्ब पनि दिन्छ। ग्राहस्थ उत्पादन जतिकै पूँजीकरण भएको क्षेत्र केहि महिनादेखि अशान्त र समस्याग्रस्त छ,' उनले भने, 'नेता र मन्त्रीहरुको अभिव्यक्तिबाट शेयर बजार चिन्तित अवस्थामा पुगेको छ।'

शेयर धितो कर्जाको सिमा ४ र १२ कायम गरिएकोमा त्यसलाई अहिले परिवर्तन गर्न नहुने धारण राखेका छन् । 'यसलाई किन हेरफेर गर्नेरु यसले कस्तो खसर पार्छरु यसअघि लिएको कर्जा के हुन्छरु ब्रोकरबाट मार्जिन कर्जा पूर्ण रुपमा उपलब्ध नहुँदै यसको परिवर्तन हुदाँ के हुन्छ भन्ने कुरा अध्ययन नहुँदै यस्तो कुरा लागु गर्न खोजिदैछ' उनले भने, 'कुनै भावावेशमा कुनै गलत नीतिको आधारमा यस्ता काम नगरियोश् ।'

शेयर धितो कर्जामा जोखिम भार बढाउदा त्यसले पनि शेयर बजामरमा समस्या ल्याउने उनले बताए । 'शेयर धितो कर्जाको रिस्क वेट जसलाई जोखिम भार भनिन्छ यसलाई १०० बाट १५० पुर्याउन खोजिदैछ यसले पूँजीबजारमा हलचल ल्याउछ, समस्या ल्याउछ त्यसमा उपयुक्त विकल्पको अध्ययन हुनुपर्छ,' उनले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया