काठमाडौं - गोर्खाज फाइनान्सले आज शुक्रवार २७ औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ः ३० बजे गर्ने जनाएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सञ्चालक समितिमा रिक्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया