फेरी नयाँ उचाइमा अमेरिकी डलरको भाउ, कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री दर १२४.७३ रुपैयाँ तोकेको छ। जुन हालसम्मकै उच्च हो ।

हिजो बिहीबार १ अमेरिकी डलरको बिक्री दर १२४.६८ रुपैयाँ तोकेको थियो । यसअघि जेठ ६ मा अमेरिकी डलरको भाउ १२४.६७ रुपैयाँ पुगेको थियो । गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २।०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ । 

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो। यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया