काठमाडौं - प्रतिनिधिसभाका सांसद गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको बताएका छन् ।
उनीहरुको सीपलाई उद्यमशीलता प्रवद्र्धनमा लगाउन पनि उनले आग्रह गरे । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयका विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘त्यसरी सिकेर आएका श्रमिकहरूलाई पूँजी तालिम, उत्प्रेरणा र बजारसम्बन्धी ज्ञान दिएर उद्यमशीलता प्रवद्र्धनमा लगाउन सकियो भने अर्थतन्त्रलाई बहुआयामिक कोणबाट सुन्दर बनाउन भूमिका खेल्न सकिन्छ ।’
प्रतिक्रिया