एजेन्सी - रुसले भारतलाई सस्तो कच्चा तेल दिन अस्वीकार गरेका कारण आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने सम्भावना देखिएको छ ।
भारतका दुई सरकारी तेल कम्पनी भारत पेट्रोलियम कर्पोरेशन (बीपीसीएल) र हिन्दुस्तान पेट्रोलियम (एचपीसीएल) को तेल खरिदका लागि रूसी कम्पनी रोजनेफ्टसँग वार्ता चलिरहेको थियो । तर रुसले तेलको अभावका कारण सम्झौता गर्न अस्वीकार गरेको हो ।
अहिले इन्डियन आयलले मात्रै रुसी कम्पनीसँग सस्तो कच्चा तेलको लागि ६ महिनाको सम्झौता गर्न सकेको छ । सम्झौताअनुसार इन्डियन आयलले रुसी तेल कम्पनीबाट मासिक ६० लाख ब्यारेल तेल किन्न सक्नेछ ।
यससँगै ३० लाख ब्यारेल थप तेल खरिद गर्ने विकल्प पनि हुनेछ । स्रोतका अनुसार रुसी तेल कम्पनी रोजनेफ्टले अन्य ग्राहकलाई तेल आपूर्तिको माग पूरा गर्ने वाचा गरेको थियो । जसका कारण रुसले भारतीय कम्पनीलाई पनि तेल बेच्न सक्ने जति अतिरिक्त तेल छैन।
प्रतिक्रिया