काठमाडौं - इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको निष्काशनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबीबी माइनसलाई (इक्राएनपी–आईआर) बीबीबीमा अपग्रेड गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ ।
प्रतिक्रिया