१० रुपैयाँले घटेका केही दिनमै ८ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको कति ?

३ बर्ष अगाडि

नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

मूल्य समायोजनपश्रचात पेट्रोलमा २४.७० रुपैयाँ, डिजेलमा १८.०१ रुपैयाँ र एलपीजी ग्याँसमा ७५१।१४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।  

केही दिन अघि मात्रै  डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँले घटेको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया