काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ ।
चार महिना अघि बीमा गरेका भरतपुर महानगरपालिका–५ निवासी मोहन प्रसाद जैसीको मृत्यु भएपछि बीमा बापतको चेक हस्तान्तरण गरेको हो । जैसीको जापानमा मृत्यु भएको हो ।
बीमा दाबी वापत १० लाख ८० हजार रुपैयाँको चेकको भरतपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठले मृतकका छोरा विमलप्रसाद जैसीलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया