काठमाडौँ- नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले उपलब्ध गराएको “डाटा र भ्वाइस” प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याकेजहरू खरिद गर्न सक्नेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आर्कर्षक अफरको लाभ लिन सक्नेछन्।
ल्म्एऋ नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सार्वधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्र्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्र्ने गरी ग्क्क्म् मार्फत बैंक र वित्तीय पहुँचु नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गने दुबै प्रकारका विशेषता रहेका छन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गराएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँचु भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गनुा यस वालेट सेवाको उद्देश्य रहेको छ ।
प्रतिक्रिया