महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

३ बर्ष अगाडि

काठमाडौं, महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबलकार प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

जेठलाई वार्षिकोत्सव महिनाका रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवका अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको हो।  

उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबलकार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया