आँधीखोला लघुवित्तको तीन वर्ष रोक्का रहेको शेयर भोलि शुक्रवार देखि कारोबारमा

४ बर्ष अगाडि

आँधीखोला लघुवित्तको  तीन वर्ष रोक्का रहेको शेयर भोलि शुक्रवार देखि कारोबारमा

आँधीखोला लघुवित्त कम्पनीको नेपाल स्टक एक्सेञ्च (नेप्से) मा कारोबार फुुकुवा भएको छ । 

नेपाल राष्ट्र बैंकको जेठ २४ को पत्रानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गर्न बाधा नरहेको भन्ने पत्र प्राप्त भएसँगै सूचीकरण विनियमाली अनुसार जेठ २७ गते देखि लागू हुने गरी शेयर कारोबार फुकुवा भएको जानकारी गराएको छ । 

मर्जरका कारण कम्पनीको शेयर करिब तीन वर्ष रोक्का रहेको शेयर भोलि शुक्रवार देखि कारोबारमा आउनेछन । धौलागिरी लघुवित्त वित्तीय संस्था र यस आँधीखोला लघुवित्ति वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको थियो । पछि यी दुई कम्पनीको मर्जर प्रक्रिया भाँडिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया