घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

४ बर्ष अगाडि

साताको चौथो कारोबारको दिन (बिहीबार) फेरि शेयर बजार ओरालो लागेको छ ।

हिजो अर्थात बुधबार ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज १७.५८ अंकले घटेर २०६२.८६ को बिन्दुमा झरेको छ ।

आज उपकार लघुवित्त र बलेफी हाईड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्तको शेयर १० प्रतिशत र बलेफी हाईड्रोपावरको शेयर ९.९९ प्रतिशतले बढेको छ। मिथिला लघुवित्तका लगानीकर्ताले ३.९५ प्रतिशतका दरले कमाएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया