कुमारी बैंकसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुनको कति ?

४ बर्ष अगाडि

साताको चौथो कारोबारको दिन (बिहीबार) फेरि शेयर बजार ओरालो लागेको छ ।

हिजो अर्थात बुधबार ६० अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज १७.५८ अंकले घटेर २०६२.८६ को बिन्दुमा झरेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन शेयरबजारमा एकाएक सुधार आएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको थिएन । 

आज पनि एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक कुमारी बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख, अरुण काबेली पावरको ३ करोड ९८ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया