ग्लोबल आइएमई क्यापिटल र एनआईबिएल एस क्यापिटलद्धारा डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह, कसरी बुझाउने ?

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले  डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेका छन् । 

ग्लोबल आइएमई क्यापिटल
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८र७९ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा कनेक्ट आइपीएस, इ ( सेवा, खल्ती, प्रभु पे, आइएमइ पेबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

एनआईबिएल एस क्यापिटल
एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

एनआईबिएल एस क्यापिटल लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७र७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ ( सेवा, खल्ती, प्रभु पे, आइएमई पेबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया