काठमाडौं - अनुमति नै नलिइ सेटलाइट प्रविधिबाट इन्टरनेटको विज्ञापन हुन थालेको भन्दै नेपाल दूरसंचार प्राधिकरणले कारवाहीको चेतावनी दिएको छ।
खासगरी सामाजिक संजालहरुमा अनुमति पत्र नलिएर सेटलाइट प्रविधिबाट इन्टरनेट सेवा संचालन वितरण सम्बन्धमा विज्ञापन भइरहेको भन्दै त्यस्ता कार्य रोक्न नियामकले निर्देशन दिएको हो ।
दूरसंचार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिइ सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था छ । सेवाग्राहीहरुलाई भ्रममा नपर्न र प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन नगर्न प्राधिकरणले सूचित गरेको छ ।
प्रतिक्रिया