काठमाडौं - नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसंगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।
नगर कार्यपालिकाको २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो ।
महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेत बोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।
बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ । साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिकोलागि गरिएको हो ।
नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।
प्रतिक्रिया