काठमाडौं - गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकले यही असार मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको छ ।
यही क्रममा आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटलले डिम्याट र मेरो सेयर खाता नवीकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
१. १० वर्षे डिम्याट र मेरो सेयर खाता नवीकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु ९९९ भुक्तान गरी १० वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी १० वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।
२. ५ वर्षे डिम्याट र मेरो सेयर खाता नवीकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु. ४९९ भुक्तान गरी पाँच ५ वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी पाँच ५ वर्षको लागि हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।
३. आजीवन डिम्याट र मेरो सेयर खाता नवीकरण योजना
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र रु. १ हजार ९९९ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो सेयर खाता नवीकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरो सेयर खाता नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।
प्रतिक्रिया