काठमाडौं - अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।
यो योजनाअन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद रु. १ लाख जितेकी छन् । कुबेर इलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाइकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।
प्रतिक्रिया