एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड इकाईमा कति पर्‍यो आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड इकाईका लागि सर्वसाधारणबाट ९ करोड ७३ लाख १२ हजार २३० एकाईको खरीदको लागि आवेदन परेको छ ।

फण्डले प्रति इकाई मूल्य १० अंकित दरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा संस्थारसर्वसाधारणहरुबाट ८ करोड ५० लाख एकाईका लागि माग गरेको माग आवेदन भन्दा ११४.४८ प्रतिशत बढी आवेदन प्राप्त एनआईसी क्यापिटलले जनाएको छ ।

 योजनाको एकाई खरिद गर्नका लागि जेठ २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने व्यवस्था थियो । बुधबार बैंकिङ्ग समयसम्म मागभन्दा बढी आवेदन परेसँगै एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्बबाट वृद्धि हुने भएको छ । 

अन्तिम दिनसम्म योजना प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको फण्ड सहित कुल १ करोड १५ लाख हाराहारीमा एकाई खरीदको माग भएकाले योजनाको आकार पनि एक अर्ब १५ करोड बराबर पुगेको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया