विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिन सम्ममा १६ गुणा बढिले ओभरसब्सक्राइब्ड

४ बर्ष अगाडि

काठमाडौं - विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन सम्ममा १६ गुणा भन्दा धेरैले ओभरसब्सक्राइब्ड भएको छ । 

यो कमपनीले गत जेठ २० गतेदेखि अंकित मूल्य रु. १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन खुला गरिएको थियो ।

कम्पनीले कुल कित्तामध्ये ६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी हुन आउने १३ लाख ६५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको थियो । 

सीडीएससीका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा १८ लाख ४५ हजार ६७ आवेदकबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । यो मागभन्दा १६.०७ गुणाले बढी हो । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया