दोर्दी खोला जलविद्युतको आईपीओ आजबाट निष्कासन, कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ निष्काशन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ बाँडफाँड गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकिएको छ । बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्काशन गर्दैछ ।

यस आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आइपीओ सो अवधिभित्र बिक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया