काठमाडौं- रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ। कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।
त्यस्तै, कम्पनीले तलब भत्ता बाहेक इन्धन र मोबाईल फोनको बिल बमोजिम कम्पनीले छुटै रकम भुक्तानी गरिदिएको छ। आजको सभाले संचालक समितिको बैठक भत्ता, यातायात खर्च, टेलिफोनावापतको खर्च भुक्तानी समेत पारित गरेको छ।
प्रतिक्रिया