लगानीकर्ताले प्रदर्शन आज पनि जारी,सीसीडी रेसियो कायम गर्न र १९ बुँदे माग पूरा गर्न माग

४ बर्ष अगाडि

पुँजीबजार सुधार संघर्ष समितिले तेस्रो दिन बुधबार पनि आन्दोलन जारी राखेका छन्। 

आज दिउँसो माइतीघर मण्डलमा भेला भएका लगानीकर्ताले प्रदर्शन गर्दै आफ्ना मागहरु पूरा गर्न नियामक निकायहरुलाई दबाब दिएका छन्। 

गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्। पहिलो दिन नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका लगानीकर्ताहरुलाई दोस्रो नेप्से घेराउ गर्ने क्रममा भने प्रहरीले हस्तक्षेप गरेको थियो। 

नेप्से घेराउ गर्न पुगेका संघर्ष समितिका संयोजक तिलक कोइरालासहित ५ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। कोइरालाले प्रहरी हिरासतभित्रै आमरण अनशन सुरु गरेका छन् ।

आज प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरुले ४–१२ खारेज गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, बजारविरोधी नीति खारेज गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, सीसीडी रेसियो कायम गर्न र १९ बुँदे माग पूरा गर्न माग गरेका थिए। उनीहरुले हिजोको प्रहरी दमनविरुद्ध पनि नारावाजी गरेका थिए। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया