काठमाडौं- आज साताको तेस्रो कारोबारको दिन शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढेको छ , ।
आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ६०.२२ अंकले बढेर २०८०.४४ को बिन्दुमा पुगेको हो ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया