काठमाडौं- आज साताको तेस्रो कारोबारको दिन शेयरबजारमा आज हरियाली छाएको छ । बजेट घोषणालगत्तै उच्च अंकले घट्न पुगेको पुँजीबजार आज ६० अंकले बढेको छ , ।
आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ६०.२२ अंकले बढेर २०८०.४४ को बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा आज एकाएक ६० अंकको बृद्धि भएपनि कारोबारमा भने खासै सुधार देखिएको छैन ।
साढे १ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, कुमारी बैंकको ४ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७४ लाख रुपैयाँ र अपि पावरको ४ करोड ५९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया