युएईले माग्यो २२५ नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - युएईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । युएई सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि २२५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ३३ हजार माथिदेखि ४० हजार बढि पाउनेछ । इच्छुक कामदारले डि.डि ह्युमन रिसोर्स प्रालिको कार्यालय सम्भुमार्ग रोड काठमाडौंमा असार १ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ् । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया