काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बजारको पछिल्लो अवस्थालाई निकास दिन शेयर धितो कर्जामा ४–१२ को नीतिमा पुनरावलोकन हुनुपर्ने बताएका छन्।
धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सव समारोहलाई स्वागत मन्तव्य राख्ने क्रममा अध्यक्ष हमालले ४–१२ को नीतिबारे ब्यापक गुनासो आएको बताए। ‘उक्त नीतिमा पुनरावलोकन गरी बजारलाई उचित निकास दिन आवश्यक छ’, उनले भने, ‘यसले लगानीकर्ताको मनोबल बढाउनेछ।’
बजार पछिल्लो अवस्थाबारे धितोपत्र बोर्ड जानकारी रहेको हमालले बताए। ‘बजार सुधारका लागि धितोपत्र बोर्ड र राष्ट्र बैंकलगायतका नियामक निकायसँगै निरन्तर छलफल भइरहेको छ’, उनले भने।
हमालले रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको कच्चा तेलको मूल्य वृद्धि, नेपालभित्र तरलताको समस्या, बढ्दो ब्याजदरजस्ता कारणले सेयर बजारमा गिरावट आएको पनि बताए।
प्रतिक्रिया