राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कति पुग्यो प्रतिकित्ताको मूल्य ?

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबार दिन (बुधवार) बजार खुलेको सवाँ एक घण्टा अवधिमा राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबरा दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १५ हजार ६२० पुगेको छ  । 

कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा सर्किट लागेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६१५  कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग ४१३ कित्ता रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया