पक्राउ परेका लगानीकर्तालाई बिना शर्त तत्काल रिहाई गर्न माग

३ बर्ष अगाडि

काठमाडौं - सेयर बजारका लगानीकर्ताका विभिन्न संस्थाले शान्तीपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका लगानीकर्तालाई बिना शर्त तत्काल रिहाई गर्न माग गरेका छन ।

साथै लगानीकर्ताहरूले प्रस्तुत गरेका मागहरूको सम्बन्धित निकायहरूबाट यथाशिघ्र सम्बोधन गरी समस्याको समाधान गर्न जोडदार माग गरेका छन ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले संयुक्त विज्ञप्ति जारी गर्दै “नेपाल स्टक एक्सचेन्ज” को बाहिरी प्राङ्गणमा शान्तिपूर्ण भेला भई रहेको अवस्थामा केही लगानीकर्तालाईे धरपकड गरी स्वतन्त्र रुपमा भेला र सम्मेलन गर्न पाउने संवैधानिक हक अधिकार प्रयोग गर्नबाट बञ्चित गरिएको बताएका छन ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा शेयरबजारलाई संकुचित पार्ने विभिन्न बुँदाहरू कार्यान्वयनमा ल्याई अप्राकृतिक रुपमा पुँजीबजार संकुचित भएको उनीहरुको आरोप छ ।

‘स्वतन्त्र रुपमा भेला र सम्मेलन गर्न पाउने संवैधानिक हक अधिकार प्रयोग गर्नबाट बञ्चित गराईएको यस अवस्थामा हामी लगानीकर्ताका संघ संगठनहरू अत्यन्त मर्माहत भएका छौ र उक्त कार्यको घोर भत्र्सना गर्दछौं ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया