काठमाडौं - युक्रेनमा रुसले गरेको आक्रमणका कारण देखाउँदै विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २.९ प्रतिशतमा घटाएको छ जुन जनवरीको प्रक्षेपणभन्दा १.२ प्रतिशतले कम छ ।
“विश्व अर्थतन्त्रले ८० वर्षभन्दा बढीमा विश्वव्यापी मन्दीबाट प्रारम्भिक पुनः प्राप्तिपछि यसको तीव्र गिरावटको अनुभव गर्ने अपेक्षा गरिएको,” बैंकले मङ्गलबार आफ्नो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा उल्लेख गरेको छ ।
कोभिड–१९ महामारीका कारण आएको मन्दीपछि सन् २०२१ मा वृद्धिदर ५.७ प्रतिशतमा पु¥याएपछि यो गिरावट आएको हो । रुसको आक्रमण र मस्कोमा पश्चिमी प्रतिबन्धहरूले अनाज र तेलको मूल्य विश्वव्यापीरूपमा बढाएको छ ।
“युक्रेनमा युद्ध, चीनमा बन्दाबन्दी, आपूर्ति–शृङ्खला अवरोधहरू र मुद्रास्फीतिको जोखिमले वृद्धिलाई जटिल बनाइरहेको छ । धेरै देशहरूका लागि मन्दीबाट बच्न गाह्रो हुने,” विश्व बैंकका अध्यक्ष डेभिड मालपासले टिप्पणी गरेका छन् ।
प्रतिवेदनका अनुसार युद्धले कोभिड–१९ महामारीबाट हुने क्षतिलाई बढाउँदै छ, विश्वव्यापी अर्थतन्त्रमा आएको मन्दीलाई बढाउँदै छ जुन कमजोर वृद्धि र उच्च मुद्रास्फीतिको लामो अवधि बन्न सक्छ ।
प्रतिवेदनले अमेरिकी वृद्धि अनुमानलाई १.२ अङ्कले घटाएर २.५ प्रतिशतमा पु¥याएको छ र चीनको लागि पूर्वानुमान ०.८ अङ्कले घटाएर असाधारण रूपमा न्यून ४.३ प्रतिशतमा झरेको छ ।
यसैबीच युरो क्षेत्रको प्रक्षेपण २.५ प्रतिशत र जापान १.७ प्रतिशतमा घटाइएको छ । साथै रुसको अर्थतन्त्र यस वर्ष ११.३ प्रतिशतले संकुचित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया