वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपियो, २ अर्बले घट्यो कर्जा

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको जेठ महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुमा निक्षेप थपिए पनि कर्जा भने २ अर्बले घटेको हो ।

सरकारले बैशाख ३० गते सम्पन्न गरेको स्थानिय तहको निर्वाचनपछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेको हो । जेठ महिनामा मात्र बैंकहरुको २० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकहरुको निक्षेप थपिने तथा कर्जा घट्न थालेपछि कर्जा निक्षेप अनुपात पनि नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक आइपुगेको छ । जेठ २० गतेसम्ममा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०।३२ प्रतिशत रहेको संघले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार जेठ १६ गते सोमबार समग्र बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशतमा झरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असारसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया