सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो 'कबड्डी-४', यस्तो छ ७ रेकर्ड

३ बर्ष अगाडि

काठमाडौं - रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो । 

आइतबारसम्म फिल्मले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको छ । यसअघि ुछक्का पन्जा ३ु ले १६ करोड कमाएको थियो ।

पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी वितरक गोविन्द शाहीले दिए ।

फिल्मले अझै राम्रो व्यापार गरिरहेको वितरक शाहीले जानकारी दिए ।

कबड्डी ४ ले बनाएका सात रेकर्ड रेकर्ड

१. सर्वाधिक शो पाउने फिल्म

२. उच्च अग्रिम टिकट बुकिङ हुने फिल्म

३. पहिलो दिन सबभन्दा धेरै कमाउने फिल्म

४. पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म

५. अष्ट्रेलियामा धेरै कमाउने फिल्म

६. दोस्रो साता धेरै कमाउने फिल्म

७. सर्वाधिक कमाइ गर्ने फिल्म

३ बर्ष अगाडि

प्रतिक्रिया