काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ९ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६७ हजार १५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् ।
नेपालमा अहिले १०७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
बितेको २४ घण्टाका १ लाख ८ हजार ७९२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया