लगानीकर्ताको आन्दोलनमा प्रहरी हस्तक्षेप, तिलक कोइरालासहित ५ जना पक्राउ

४ बर्ष अगाडि

शेयर लगानीकर्ताहरुको विरोध आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्ज अगाडि आज दिउँसो ३ बजे प्रदर्शन गर्न कालोपट्टि बाँधेर पुगेका लगानीकर्ताहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो । 

प्रहरीले आन्दोलनमा सरिक सक्रिय लगानीकर्ता तिलक कोइरालासहित ५ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले कोइरालासहित लगानीकर्ताहरु नवराज उप्रेती, सीताराम सञ्जेल, नानीबाबु खरेल र पासाङ शेर्पालाई पक्राउ गरेको हो ।  हाल पक्राउ परेका सबैलाई सिंहदरबार वडा प्रहरी कार्यालयमा राखिएको छ । 

लगानीकर्ताहरु कालोपट्टि बाँधेर सो क्षेत्रमा पूर्व निर्धारित कार्यक्रमअनुसार प्रदर्शन गर्न पुगेका थिए । प्रहरीले नेप्से अगाडि प्रदर्शन गर्न नपाइने, प्रदर्शन नै गर्नुपर्ने हो भने माइतीघरमा जान भने पनि लगानीकर्ताहरुले प्रदर्शनलाई जारी राखेका थिए । आफ्नो कुरा लगानीकर्ताले नमानेपछि प्रहरीले धरपकड गरेको हो । 

प्रहरीले धरपकड गरेपछि लगानीकर्ताहरुको समूह थप प्रदर्शन गर्न भन्दै अहिले माइतीघरतर्फ लागेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया