काठमाडौं- साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार भारी अंकले घटेको छ । गत साताको पहिलो कारोबारको दिन(सोमबार) बाट ओरालो लागेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ ।
आज नेप्से परिसुचक ४५. ५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै शेयरबजारमा शेयरको मात्रा र कारोबार रकम समेत खासै उक्लिन सकेको छैन । आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ६ करोड ११ लाख ८८ हजार ६८३ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २० लाख र नबिल बैंकको २ करोड ९० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया