काठमाडौं, साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार भारी अंकले घटेको छ । गत साताको पहिलो कारोबारको दिन(सोमबार) बाट ओरालो लागेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज पनि ओरालो लागेको छ ।
आज नेप्से परिसुचक ४५. ५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा झरेको छ ।
भारी अंकले घटेको बजारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज उपकार लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लाग्दै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका कूल २३४ कम्पनीमध्ये २५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया