नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा

३ बर्ष अगाडि

नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिन सुरु गरेको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

गत फागुन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।

उक्त मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा गरिने हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया