प्रभु बैंकले शेयरधनीको नगद लाभांश कटौती गर्दै

७ बर्ष अगाडि

काठमाडौँ  –  प्रभु बैंकले नगद लाभांश कटौती गरेर शेयरधनीलाई आठ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । 

बैंकले आठ प्रतिशत बोनस शेयर वितरण गर्ने नयाँ प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनमा पूर्व घोषित लाभांश प्रस्ताव बैंकले परिमार्जन गरेको हो।

बैंकले यसअघि पाँच प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंकले नियमनकारी कोषमा  १७ करोड रुपैयाँ जम्मा गरी सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएको थियो।

सोही निर्देशन पछि बैंकले नगद लाभांश कटौती गर्दै बोनस शेयर मात्र वितरण गर्ने नयाँ प्रस्ताव गरेको हो। प्रस्तावित नयाँ लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।         

७ बर्ष अगाडि

प्रतिक्रिया