चेम्बर अध्यक्षको प्रस्ताव : लिमिटेड कम्पनी खोल्दा ५१% संस्थापक र ४९% सेयर सर्वसाधरणलाई दिनुपर्ने

४ बर्ष अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधरण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन्। 

अर्थ मन्त्रालयअन्तर्गतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधरण लगानीकर्तालाई पनि समावेश गर्नुपर्नेमा जोड दिएका हुन्। यसले सर्वसाधरणलाई फाइदा पुग्ने र वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने उनको भनाइ थियो। 

संस्थापक सेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्न मल्लले सरोकारवाला निकायसँग आग्रह गरे। 

यस्तै मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू हुनुपर्ने बताए। आयतलाई व्यवस्थित गर्नुपर्ने भन्दै उनले आमउपभोग्य र विलासिताका वस्तुहरुमा फरक–फरक दर कामय गरिनुपर्नेमा जोड दिए। 

धेरै विद्युत खपत गर्ने ठूला उद्योगका लागिमात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषि जन्य उद्योगमा पनि लागू गर्न अध्यक्ष मल्ले आग्रह गरे। 

४ बर्ष अगाडि

प्रतिक्रिया